बरंजाका विकाश अनुरागीको ‘लेकमा गोबान ’बजारमा (भिडिओ)

दर्पण रोका मगर
बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ बरङजाका नव सर्जक÷गायक बिकाश अनुरागिले लेकमा गोबान लोकदोहोरी गित बजारमा ल्याउनुभएको छ । गायक अनुरागी र गायीका टिका सानुको स्वर रहेको सो गितको म्युजिक भिडिओ युट्युव च्यानल मार्फत बजारमा ल्याइएको हो ।

तीन बर्षदेखी कतारमा कार्यरत गायक अनुरागीको लय ,सज्जन बोहोरा र मोडल आकाश नेपालीको एरेन्ज रहेको छ । म्युजिक भिडिओमा करिश्मा ढकाल,दिप सागर,टिका सानु,बिकाश अनुरागीको अभिनय देख्न सकिन्छ ।गितमा युवायुवतीबिचको प्रेम कथामा आधारित छ । ‘गित रुचाईदिनुहुन्छ होला भन्ने अपेक्षा गरेको छु’, गायक अनुरागिले भन्नुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार