बागलुङमा कोरोना संक्रमणबाट माओवादी केन्द्रका नेता घर्तीसहित तीन जनाको मृत्यु

बागलुङ । कोरोना संक्रमणका कारण नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता शेरमान घर्ती मगरको मृत्यु भएको छ । घर्तीको बिहिबार धौलागिरी अस्पताल बागलुङमा मृत्यु भएको स्वास्थ्य कार्यालय

बागलुङका कोभिड–१९ फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए । घर्तीलाई स्वास्थ्यमा समस्या आएपछि गत १९ गते धौलागिरी अस्पताल बागलुङमा ल्याइएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

घर्तीलाई कोभिडसँगै निमोनिया र मुटुमा समस्या देखिएको अस्पतालले जनाएको छ । त्यस्तै गलकोट नगरपालिका वडा नम्बर २ का ५२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनी बैशाख २२ गते अस्पतला भर्ना भएको अस्पतालले जनाएको छ ।

बागलुङ नगरपालिका–४ बस्ने ७७ बर्षिया पुरुषको मृत्यु भएको थियो । बागलुङमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या २० पुगेको छ । baglungpostबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार