बिहीबारदेखि अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं । बिहबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान पनि बन्द हुने भएको छ । नेपाल र भारतबीच सातामा दुई उडान कायम राख्ने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको हो ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आन्तरिक तथा बाहृय उडान बन्द गर्ने निर्णय गरेको हो ।सरकारले कोरोना रोकथामका लागि भन्दै वैशाख २० गते (आज) राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको हो । यो उडान प्रतिवन्ध वैशाख मसान्तसम्म बन्द हुनेछ ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको हो । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

भारतसँग दुई तर्फी उडान हुने भएको छ । यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ ।अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमाहनिर्देशक तथा प्रवक्ता राजकुमार क्षेत्रीको भनाई छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार