बेनीमा २२ गतेदेखी लकडाउन हुने ,अत्यावश्यक बाहेकका सबै सेवा बन्द

बेनी ।म्याग्दीको बेनी नगरपालिकामा दश दिन लकडाउन गर्ने निर्णय भएको छ । मंगलबार बिहान प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीको अध्यक्षतामा बसेको डिसिसिएमसीको बैठकले बेनी नगरपालिकाको प्रस्तावमा नगरपालिका भित्र भोली राति १२ बजेदेखी बैशाख ३१ गते सम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

 

म्याग्दीमा कोरोना संक्रमणको दर बढे संगै बेनी नगरपालिकाको आयोजनामा सोमबार बसेको सबैपक्षिय बैठकले दश दिन लकडाउन गर्न जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)लाई सिफारिस गरेको थियो । लकडाउनमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने जनाइएको छ ।

लकडाउनमा सार्वजनिक वा निजि यात्रु तथा मालवाहक साधन मोटर साइकल समेत सञ्चालन गर्न रोक लगाउने निर्णय गरिएको छ । अस्पताल,औषधालय ,स्वास्थ्य सामाग्रीका पसलहरु २४ सै घण्टा खुल्ला रहनेछन् । यसैगरी , बैठकले सरकारी र सार्वजनिक कार्यालयहरु एवं बैंकहरुमा खुल्ला रहनेछन् ।

तरकारी, फलफुल ,दुध ,डेरीजन्य उत्पादन ,ग्यास लगायतका अत्यावश्यक सेवाका पसलहरु स्वास्थ्य सुरक्षा मापदण्डहरुको पुर्ण पालन गरी बिहान ७ –१० सम्म मात्र सञ्चालन हुनेछन् । जमघट र भेला हुने धार्मिक ,सांस्कृतिक र सामाजिक कार्यक्रम सन्चालन गर्न निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार