बैरागीका दुई देश भक्ती मुक्तक

१.पहाड खस्न लाग्दा तराईले काँध हाल्नु पर्छ
तराई डुब्न लाग्दा पहाडले बाँध हाल्नु पर्छ
हाम्रो भूमि अरूलाई मिच्न दिनु हुन्न अब
हिमाल पहाड तराई सबै मिली साँध हाल्नु पर्छ ।

२.पहाड तराई हिमालसंग बाँच्ने रहर छ
एक जीवन राष्ट्रकै नाममा साँच्ने रहर छ
दुःख सुख सबै खाले परिस्थितिमा पनि,
मातृभूमी नेपालमै नाच्ने रहर छ ।
सुजन बैरागी
तिल्पुङ्ग–३, रामेछाप
-पर्खाईका पलहरूबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार