मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

बेनी ।म्याग्दीको मंगला गाउँपालिकामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा मंगला गाउँपालिकामा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित हुनेमा गाउँपालिकाको वडा नम्बर १ का ६१ र ६५ बर्षिया  दुई महिला तथा २७ ,२५ र ७१ बर्षिय तीन पुरुष रहेका छन् भने वडा नम्बर ५ का ५७ र ४९ बर्षिया दुई महिला तथा २५,३४,५१,४४ र ३४ बर्षिय पाँच जना पुरुष रहेका छन् । यो संगै म्याग्दीमा शुक्रबार मात्र ५१ जना कोरोना संक्रमित थपिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार