मंगला गाउँपालिकामा लकडाउन

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले लकडाउन जारी गरेको छ । गाउँपालिका क्षेत्रमा फैलिएको कारोना भाईरसको संक्रमण रोकथाम र नियन्त्रणको लागि वैशाख २६ गते राती १२ बजेदेखि वैशाख ३१ गते राती १२ बजेसम्म लकडाउन गरिएको हो । गाउँपालिकाको सिफारिस र आग्रहमा जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मंगलामा लकडाउन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।


शनिवार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाको अध्यक्षतामा बैँक तथा वित्तिय र सहकारी संस्था, उद्योग वाणिज्य संघ मंगला इकाइ लगायतका सरोकारवालाहरुको बैठकले बढ्नो कोरोना संक्रमणलाई नियन्त्रण गर्न लकडाउन लगाउनुपर्ने निस्कर्ष निकालेको थियो । गाउँपालिकाको सिफारिस बमोजिम डिसीसीएमसी मार्फत लकडाउनको निर्णय भएको र आम नागरिकलाई समेत उक्त समयमा अत्याबश्यक बाहेक घरबाट बाहिर ननिस्कन आग्रह गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मनोहर ढुंगानाले जानकारी दिनुभयो ।

यो पनि…

https://myagdinews.com/2021/05/%e0%a4%ae%e0%a4%82%e0%a4%97%e0%a4%b2%e0%a4%be-%e0%a4%97%e0%a4%be%e0%a4%89%e0%a4%81%e0%a4%aa%e0%a4%be%e0%a4%b2%e0%a4%bf%e0%a4%95%e0%a4%be%e0%a4%ae%e0%a4%be-%e0%a4%a6%e0%a4%b6-%e0%a4%a6%e0%a4%bf/

लकडाउन अवधिमा अत्यावश्यक बाहेक गाउँपालिका, वडा, बैँक तथा वित्तिय र सहकारी संस्थाको सेवाको साथै बजार, यातायात लगायतका क्षेत्र समेत बन्द गर्ने जनाएको छ । गाउँपालिकाले कोरोनाका लक्षण देखिएका व्यक्तिहरुको स्वाब संकलन गरि कोरोना परिक्षण गर्ने कार्यलाई समेत अघि बढाएको छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार