मजदुरलाई खाद्यान्न वितरण

बेनी ।विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को रोकथामका लागि सरकारले गरेको लकडाउन (निषेधाज्ञा)का कारण रोजीरोटी गुमेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई क्षत्री समाज म्याग्दीको नेतृत्वमा खाद्यान्न सहयोग गरिएको छ।

क्षत्री समाज म्याग्दीको नेतृत्वमा क्युपेक नेपाल र संगम म्याग्दीले दैनिक ज्याला मजदुरी गरेर जीवन गुजारा चलाउँदै २३ परिवारलाई दैनिक उपभोग्य सामग्री सहयोग प्रदान गरेको हो । क्षत्री समाज म्याग्दीका सचिव तथा नगरपालिका वडा नम्बर ८ का वडा सदस्य हिमबहादुर भण्डारीका अनुसार २३ परिवारलाई ४६ हजार ९५० रुपैयाँ बराबरको चामल, दाल र नुन प्रदान गरिएको हो । क्षत्री समाजले २५ केजीको २३ बोरा चामल ,क्युपेक नेपालले २ प्याक तेल र संगम म्याग्दीले २३ केजी दाल सहयोग गरेको उहाँले बताउनुभयो ।

लकडाउनका कारण बिहान खाए बेलुकी के खाउँ, बेलुकी खाए बिहान के खाउ भन्ने मजदुरको दैनिक गुजारामा समस्या नहोस् भन्ने अभिप्रायले राहत स्वरुप खाद्य सामाग्री प्रदान गरिएको क्षत्री समाजकी अध्यक्ष लक्ष्मीकुमारी केसीले बताउनुभयो।

बेनी नगरपालिकाकी उप-प्रमुख सञ्जु बरुवालले सहयोगप्रति सहयोगदातालाई धन्यवाद व्यक्त गर्नुभयो ।उहाँले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन (निषेधाज्ञा)का कारण ज्यालादारी गरेर जिविका चलाउँदै आएका मजदुर थप समस्या परेको बताउनुभयो । नगर उप-प्रमुख बरुवाल र वडा नम्बर ६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँँ लगायतको उपस्थितीमा राहत सामाग्री प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार