मनकारी जनप्रतिनिधि : नगरप्रमुख श्रेष्ठद्धारा कोरोना संक्रमित विरामी बोक्न आफ्ना दुई वटा निजि गाडी नगरपालिकालाई प्रदान (तस्विर/भिडिओ)

बेनी । म्याग्दीको बेनी नगरपालिकाका नगर प्रमुख हरिकुमार श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीप कोरोना संक्रमित विरामी बोक्न नगरपालिकालाई प्रदान गर्नुभएको छ । नगरपालिकामा कोरोना संक्रमणको जोखिम बढेको र संक्रमित विारमाीहरुलाई सहज रुपमा अस्पताल सम्म पु¥याउन नगरप्रमुख श्रेष्ठले आफ्ना दुई वटा निजि बोलेरो जीपलाई एम्बुलेन्सका रुपमा प्रयोग गर्न गाउँपालिकालाई हस्तान्तरण गर्नुभएको हो । ९ सिट क्षमताको ग १ ज ७०६२ र ग १ ज ६७६३ नम्बर दुई वटा बोलेरो जीप चावी विहिबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीलाई हस्तान्तरण गर्नुभयो ।

कोरोनाको जोखिम रहेसम्मको अवधिलाई निशुल्क रुपमा गाडी दिएको उहाँले बताउनुभयो । एउटा गाडी चालक सहित र अर्कोमा नगरपालिकाले चालकको व्यवस्था गरेर कोरोना संक्रमितलाई बोक्न परिचालन हुने नगरप्रमुख श्रेष्ठले बताउनुभयो ।

‘कोरोना महामारीको समयमा संक्रमित विरामाीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्धेश्यले कोरोना महामारी अन्त्य नहुँदा सम्मका लागि नगरपालिलाई मैले दुई वटा जिजि बोलेरो जीप प्रदान गरेको हुँ ,’उहाँले भन्नुभयो ।

नगरप्रमुख श्रेष्ठले आफ्नो निजी दुई वटा बोलेराे जीप एम्बुलेन्सका रुपमा प्रयोग गर्न नगरपालिपालिकालाई हस्तान्तरण गरेकाले संक्रमितलाई अस्पताल सम्म पु¥याउन सहयोग मिल्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार