माधव नेपालसहित चारजना नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक भर्खरै सकिएको छ ।

बैठकले माधव नेपालसहित स्पष्टीकरण सोधिएकाहरुको कारबाही फुकुवा गर्ने निर्णय गरेको छ । बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसालसहितका नेताहरुको कारबाही फुकुवा गरेको हो ।

गठबन्धन सरकार गठनको समय सकिँदै गर्दा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको स्थायी कमिटी बैठक बसेको थियो । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार बैठकमा समसामियक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार