मास्क र सेनिटाइजर वितरण

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ स्थित सुर्यमुखी युवा क्लबले वडा बासीलाई मास्क र सेनिटाइजर वितरण गरेको छ ।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा समुदायस्तरमा भइरहेका गतिविधिमा प्रत्यक्ष संलग्न भइरहेको सुर्यमुखी यूवा क्लवले वडा कार्यालय मार्फत समुदायस्तरमा वितरण गर्ने गरी २५ सय मास्क र १० वटा ५ सय मिलीलिटरको सेनिटाइजर वितरण गरिएको क्लब अध्यक्ष भक घर्ती मगरले बताउनुभयो ।

क्लवका पदाधिकारीले उक्त सहयोग वडा अध्यक्ष पिपला बुढालाई हस्तारण गरेका हुन् । वडा अध्यक्ष बुढाले सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुृभयो।क्लवले वडासँग सहकार्य गरी यसअगाडी समेत विभिन्न सामाजिक एवम् मानवीय सेवामुलक कार्यहरु गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार