‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

लालबहादुर पुन
बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ बर्ष २०७८ को अवसरमा म्याग्दी प्रवासी नेपाली संघ बेलायत (मोना यूके)को आयोजनामा गत शनिबार सम्पन्न प्रतियोगितामा टोटल स्कोर प्राप्त गर्नुभएका जुग्जालीले प्रथम मोना गल्फ २०२१ उपाधी जित्नुभएको हो । कार्यक्रममा हिस्तानका कुमार पुन पहिलो उपविजेता हुनुभएको थियो भने रुमका भक्त शेरचन तृतिय हुुनुभएको छ ।

त्यस्तै, सबैभन्दा लामो ड्राइभमा भकिम्लीका हिरा पुनले जित हासिल गर्नुभएको छ ।यसैगरी, पिनको नजिकै बल पु¥याएर  प्रतियोगितामा १३ प्रतिस्पर्धीलाई हराउदै बेगका महेन्द्र फगामीले विजेता बन्न सफल हुनुभएको थियो । टोटल स्कोर बिजयीले मोना यूकेको ट्रफी र महेन्द्र फगामीको Sponsor Titliest Vokey तथा पहिलो र दोश्रो उपविजेताले मोना यूकेका उपाध्यक्ष होम रोका र महासचिब लाल बहादुर पुनको प्रायोजन तथा  मोना यूकेको ट्रफी प्राप्त गर्नुभयो । यस खेलमा  Novelties prizes Longest Drive / NTP   बाहेक उपस्थित खेलाडीहरुलाई मोना युकेको प्रायोजनमा ‘मोना गल्फ टुर्नामेन्ट २०२१’ले engraved गरेको ट्रफी कोषाध्यक्ष पदम शुन्दर गर्बुजाले धन्यवाद दिनुभयो ।

बिहान ११:३० बजे उपस्थित खेलाडीहरुको छलफलमा ब्रिटिश आर्मीबाट २००५ सालमा विश्ले क्युंईनस मेडल बिजयी कर्पोरल हिरा पुन तथा आर्मी १०० का क्याप्टेन भक्त शेरचन , उपाध्यक्ष होम रोका , ग्रेट ब्रिटेनका गल्फ  खेलाडी क्याप्टेन महेन्द्र फगामी उपस्थितीमा मोना युकेका महासचिब लालबहादुर पुनले कोभिड- १९ हेल्थ एण्ड सेफ्टी ब्रिफिंग गर्दै खेल प्रमुख सहसंयोजक क्या. भक्त शेरचनले खेलबारे प्रस्तुतमा मोना यूकेले प्रायोजक गरेको ट्रफीहरु तथा व्यक्तिगत प्रायोजन गर्नुभएका मोना यूकेका उपाध्यक्ष होम रोका , क्या. महेन्द्र फगामी र महासचिब लाल बहादुर पुनलाई  प्रशंसा गर्नुभयो ।

करिब १२ बजे ,म्याग्दी अर्गनाइजेसन (मोना) यूकेका उपाध्यक्ष होम रोकाले रिबन काटेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । पहिलो टिममा ग्रेट ब्रिटेनका National Golf Team का क्याप्टेन महेन्द्र फगामीले Tee Off गर्नुभएको थियो । कार्यक्रमको औपचारिक सत्रको संचालन महासचिव लाल बहादुर पुनले गर्नुभएको थियो । म्याग्दी अर्गनाइजेसन (मोना) यूकेका उपाध्यक्ष रोका, 1 RGr\ मा कार्यरत सदस्यहरु लगाएत बेगखोला , हिस्तान , भकिम्ली, निस्कोट, बिम, रुम , पुन्थोक, मराङ्ग, दुखु म्याग्दीका खेलाडीहरुको उपस्थिति पहिलो मोना गोल्फमा रहेको थियो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार