म्याग्दीका एक कोरोना संक्रमितको पोखरामा मृत्यु

बेनी । म्याग्दीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको बेनी नगरपालिका वडा नम्बर २ का ७३ बर्षिय एक पुरुषको शुक्रबार दिउँसो २: ३० बजेको समयमा कास्कीको पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।उहाँमा बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ,दाङ र रुपन्देहीमा पनि एक/एक जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार