म्याग्दीकी एक बृद्धाको कोरोना संक्रमणबाट पोखरामा मृत्यु

बेनी । म्याग्दीकी एक महिलाको पोखरामा कोरोना संक्रमणबाट मृत्यु भएको छ । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर २ की ७२ बर्षिया काेराेना संक्रमित महिलाको विहिबार बिहान ७ १० बजेको समयमा पोखरा स्थित मणिपाल शिक्षण अस्पतालमा उपचारकाे क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ । बैशाख २२ गते ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । यसैगरी ,विहिबार मध्यान्ह सम्म कास्कीमा तीन जनामा कोरोना संक्रमितको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार