म्याग्दीमा एकैदिन थपिए ६२ जना कोरोना संक्रमित,२ को मृत्यु

बेनी ।म्याग्दीमा  सोमबार मात्रै  ६२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार बेनी नगरपालिका ,मंगला गाउँपालिका ,मालिका गाउँपालिका ,रघुगंगा गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा ६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेमा बेनी नगरपालिकामा सबै भन्दा धेरै रहेका छन् । यसैगरी स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ का ७२ बर्षिय पुरुषको कोरोना संक्रमितको आइतबार दिउँसो ३ बजे बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु निधन भएको छ ।

उहाँमा २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । त्यस्तै ,धवलागिरी गाउँपालिका वडा नम्बर २ का ३७ बर्षिय एक कोरोना संक्रमित पुरुषको २७ गते विहान गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । उहाँमा २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार