म्याग्दीमा थपिए २८ जना कोरोना संक्रमित ,एक जनाको मृत्यु

बेनी । म्याग्दीमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार म्याग्दीमा ११ महिला र १७ जना पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी ,म्याग्दीमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोछ छ । स्वास्थ्य निर्देशनालयका अनुसार बेनी नगरपालिका वडा नम्बर ५ का पुरुषको २९ गते साँझ ५ बजेको समयमा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा २९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार