म्याग्दीमा थपिए ३९ जना कोरोना संक्रमित

बेनी । म्याग्दीमा थप ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको धवलागिरी गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय एक पुरुष र वडा नम्बर ६ का २६ बर्षिय एक पुरुष गरी दुई जना ,रघुगंगा गाउँपालिकाको वडा नम्बर ४ का २६,२०,६१ र ३२ बर्षिय ४ जना र बेनी नगरपालिका वडा नम्बर २ की ३५ बर्षिया एक महिला ,७३ बर्षिय एक पुरुष गरी दुई जना ,वडा नम्बर ३ का २४ बर्षिय एक पुरुष ,वडा नम्बर ४का ५७,६४ र ३५ बर्षिय तीन जना,वडा नम्बर ५ का ४५ ,५० बर्षिया दुई महिला र ४२ बर्षिय एक पुरुष ,वडा नम्बर ६ का २४ र २७ बर्षिया दुई महिला ,वडा नम्बर ७का ७०,२६,६०,३० र ३८ बर्षिया ५ महिला तथा ५९,५७,५६ र ३२ बर्षिय चार पुरुष ,वडा नम्बर ८ का ६८,३४,५१ र ५८ बर्षिया चार महिला र ३६,३२ ,३१,६८ र ४२ बर्षिया पाँच पुरुष ,वडा नम्बर ९ की ५० बर्षिया एक महिला ,वडा नम्बर १० का १० बर्षिया एक महिला र ३७ बर्षिय एक पुरुष रहेका छन् । यसैगरी ,सोही नगरपालिकाका ३३ बर्षिय एक पुरुष रहेका छन् । म्याग्दीमा कोरोना संक्रमणको दर दिनानुदिन बढ्ढै गएको छ । विहिबार मात्र ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार