म्याग्दीमा थपीए ११ जना कोरोना संक्रमित ,सक्रिय संक्रमित संख्या ५०१ पुग्यो

बेनी ।म्याग्दीमा थप ११ जनामा कोरोना संक्रम‌णको पुष्टि भएको छ। शुक्रबार संक्रमित हुनेमा मंगला गाँउपालिकामा ६जना (पिसिआर विधिबाट ) र बेनी नगरपालिकाका १जना, मालिका गाँउपालिकामा १ जना , धवलागिरी गाउँपालिकाका ३ जना गरी ५ जना(एन्टीजेन विधिबाट) गरी जम्मा ११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ कार्यालय म्याग्दीले जनाएको छ ।

यो संगै म्याग्दीमा कोरोना संक्रमितको संख्या १८५७जना पुगेको छ( पिसिआरबाट १४४५ जना र एन्टिजेनबाट ४१२ )। जिल्लामा ५०१ जना सक्रिय संक्रमित रहेका छन् । आज ६३ जना संक्रमित निको भएका छन् । अझै २४ वटा नमुनाको रिपोर्ट आउन बाकी रहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार