म्याग्दीमा थप दुई कोरोना संक्रमितको मृत्यु

बेनी । म्याग्दीमा थप दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार जिल्लाको बेनी नगरपालिका वडा नम्बर १ का ६० बर्षिय एक पुरुषको २८ गते दिउँसो ४ः३० बजेको समयमा बेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यसैगरी ,सोही बेनी नगरपालिका वडा नम्बर ९ की ५२ बर्षिया एक महिलाको २७ गते राती २ः५० बजेको समयमा मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको हो । उहाँमा बैशाख २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार