ललितपुरमा एक पुरुषको शव फेला

काठमाडौं । ललितपुरको ललितपुर महानगरपालिका–५ स्थित तिखेदेवलमा पुरुषको शव भेटिएको छ । ब्याडमिन्टन कोर्ट अगाडी काभ्रेको रोशी गाउँपालिका घर भएका ४५ वर्षीय चन्द्र लामाको शव भेटिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।

बिहीबार साँझ फेला परेको शव पोष्टमार्टमका लागी पाटन अस्पतालमा पठाइएको छ । रोशी गाउँपालिका–१ घर भएका चन्द्र ललितपुरको महालक्ष्मी स्थान नजिकै बस्दै आएका थिए । स्वास्थ्यमा समस्या भएको भनेर उनले परिवारलाई फोनबाट जानकारी गराएको बताइएको छ । घटनाबारे महानगरीय प्रहरी वृत सातदोबाटोले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार