लागु औषधसहित १ जना पक्राउ

महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिका–१४ बाट प्रहरीले लागु औषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २५ वर्षीय राकेश श्रीनेत ठकुरी छन् । ईलाका प्रहरी कार्यालय बर्दिवासबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनको साथबाट नाइट्राभेट ८६ ट्याब्लेट, १ सय एमएलका चार बोतल कोडिन फोस्फेट र ८ क्याप्सुल स्पास्मो पोक्सिभोन बरामद गरिएको ईलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ । लागु औषध मुद्दामा म्याद लिएर आरोपीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार