लौरो उभ्याएरै भए पनि वैकल्पिक सरकार बनाऔं: डा.भट्टराई

काठमाडौं । जनता समाजबादी पार्टीको संघीय परिषद अधयक्ष डा. बाबुराम भट्टराईले बैकल्पिक सरकार गठनका लागि प्रस्ताव गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमा ट्विट गर्दै लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिन आग्रह गर्नुभएको हो ।

डा. भट्टराईले संसद, संविधान र लोकतन्त्रको रक्षा आजको अहं प्रश्न भएको भन्दै जे गरेर रक्षा हुन्छ त्यही गरौं भन्दै ट्विट मार्फत आफ्नो विचार ब्यक्त गर्नुभएको हो ।

डा.भट्टराइले लेख्नुभएको छ , ‘संसद,संविधान,लोकतन्त्रको रक्षा आजको अहं प्रश्न हो ! जे गरेर रक्षा हुन्छ त्यही गरौं।सबैले आवस्यक त्यागरबलिदान गरौं।लौरो उभ्याएर भए पनि ७६ (५) को वैकल्पिक सरकार दिऊॅ ! आजै गरौं, अहिल्यै गरौं ! बिपी र पिएलदेखि हाम्रो पुस्तासम्मले लडेर ल्याएको संविधान र लोकतन्त्रको रक्षा नभए इतिहासले धिक्कार्नेछ !’नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार