सिंहदरबारमा माधव नेपाल समूहका सांसदहरुको भेला

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले धारा ७६ (५) को सरकार बनाउन आह्वान गरेपछि नेपाल समूहले सांसदहरुको भेला बोलाएको हो ।

छलफलका लागि नेता नेपाल, भीम रावल, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, झपट रावल लगायत २० भन्दा बढी सांसदहरु सिंहदरबार पुगेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार साँझ पाँच बजेसम्म संविधानको धारा ७६ (५) अनुसार नयाँ सरकार गठनका निम्ति समय दिएकी छन् ।समय सकिदै जाँदा दलहरुले एकपक्षीय तथा बहुपक्षीय छलफल तीव्र बनाएका छन् । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार