स्थापना दिवसमा प्रेस युनियन म्याग्दीद्धारा बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग

बेनी । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम र नेपाल प्रेस युनियन म्याग्दीका अध्यक्ष राकेश शर्माले बाल संगठन म्याग्दीका सचिव सन्दिप खत्रीलाई हस्तान्तरण गर्नुभएको हो ।

युनियनको ३१ औं स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले कोरोना संक्रमणको जोखिम कम गर्न साबुन ,स्यानिटाइजर ,प्रोटिन र मास्क लगायत १५ हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामाग्री बालगृहका बालबालिकाका लागि वितरण गरिएको नेपाल प्रेस युनियन म्याग्दीका सचिव साधन राम्जालीले जानकारी दिनुभयो ।

हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष गौतम र बालसंगठन म्याग्दीका सचिव खत्रीले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै स्वास्थ्य सामाग्री सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो ।

यसैगरी ,प्रेस युनियन म्याग्दीका अध्यक्ष शर्माले स्थापना दिवसका अवसरमा कोरोना कहरमा अनाथ बालबालिकालई संक्रमण जोखिम कम होस् भन्ने उद्धेश्यले स्वास्थ्य सामाग्री सहयोग गरिएको बताउनुभयो । हस्तान्तरण कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दीका सचिव सन्तोष गौतम लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार