११ बर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ (भिडिओ)

बेनी । म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ देबिस्थानमा ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा देबिस्थानका २१ बर्षिय बिजय बिक छन् । बैशाख १४ गते ११ बर्षिया बालिकालाई बलात्कार गरी फरार अभियुक्त २१ बर्षिय बिकलाई प्रहरीले पक्राउ गरेर मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । पीडित बालिका सोही देबिस्थानका बजेन्द्र पुनको हत्यामा संलग्न अभियुक्त भेषबहादुरका दाजुको बिवाहमा गएको अवस्थामा एक सय रुपयाँको प्रलोभन देखाएर बलत्कार गरेको पीडितका आफन्तले बैशाख १९ मा प्रहरीमा जाहेरी दिएका थिए ।

बिवाह स्थल नजिकै बालिका बलात्कृत भएकी थिइन् । ईलाका प्रहरी कार्यालय दरबाङका प्रहरी निरिक्षक सन्तोष पौडेलको टोलीले हत्या र बलात्कारमा आरोपीहरुलाई पोखरबाट पक्राउ गरेको हो ।अपराध संहिता अनुसार १० देखी १४ बर्षि उमेरकी बालिका बलत्कार गर्र्नेलाई १८ देखी २० बर्ष सम्म कैदको सजाय हुने व्यबस्था छ ।  बलात्कारमा संलग्न   बिकलाई सोमबार नै जिल्ला अदालतमा पेश गरेर थप अनुसन्धानका लागि हिरासतमा राख्न सात दिन म्याद थप गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार