तस्बिर धवलागिरी गाउँपालिका मुख्य समाचार म्याग्दी न्युज विशेष राष्ट्रिय समाचार

धवलागिरीमा भिडियो एक्सरे र ल्याब सेवा सुरु (तस्विर सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन गरेर भिडियो एक्सरे सेवा सुचारु गरिएको हो । भने  ल्याब  गाउँपालिका आफैंले खरिद गरेर सेवा सुचारु गरेको हो ।

भिडिओ एक्सरे मेसिन सेवा सुचारु भएपछि गर्भमा रहेको बच्चाको अवस्था पत्ता लगाउन ,पित्तथैली ,मृगौला ,मुत्रथैलीको पत्थरी ,कलेजोको रोग पत्ता लगाउन सहज हुने अस्पतालका डा.एकराज भण्डारीले बताउनुभयो । उहाँका अनुसार ,ल्याबमा रुटिन ब्लड टेष्ट लगायत सेवा दिइएको छ । भिडियो एक्सरे र ल्याब संचालन भएपछि ग्रामिण भेगका गर्भवती महिला, बृद्धबृद्धा लगायत विरामी लाभान्वित हुने भएका छन् । रोगको पहिचान गर्न सहज हुने ,विरामीले सहज र सर्वसुलभ रुपमा सेवा पाउन थालेका छन् ।

यो पनि…

धवलागिरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएपछि विकट बस्तीका महिला ,बृद्धबृद्धा लगायत विरामीलाई थप सहज हुने गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले बताउनुभयो । यसअघि धवलागिरीबासी भिडियो एक्सरे र ल्याब सेवाका लागि दरबाङ ,बेनी ,पोखरा लगायत बाहिरी अस्पताल पुग्ने बाध्यता थियो । सेवा सुचारु पछि ग्रामिण बस्तीका नागरिकलाई आर्थिक खर्चको भार कम हुने र समयमै गर्भमा बच्चाको अवस्था थाहा नपाउँदा आमा र बच्चालाई हुने जोखिम कम गर्न समेत सहयोग पुग्नेमा अध्यक्ष पुनको विश्वास छ ।

तस्विर सौजन्य : डा.एकराज भण्डारी

सम्बन्धित समाचार

thumbnail

स्थापना दिवसमा प्रेस युनियन म्याग्दीद्धारा बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग

बेनी । नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा सञ्चालित म्याग्दी बालगृहलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सो स्वास्थ्य सामाग्री नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम…

thumbnail

म्याग्दीमा धान रोपाइँ शुरु

म्याग्दी। हिमाली जिल्ला म्याग्दीको मंगला गाउँपालिका– ३ बरंजा आल्टामा धान रोपाईमा व्यस्त बनेका कृषकहरु । कोरोना महामारीले लकडाउन हुँदा जनजिवन प्रभावित भैरहेको समयमा यहाँका स्थानीय भने आफ्नो नियमित दैनिकिमै व्यस्त छन् ।…

thumbnail

‘मोना गल्फ २०२१ ’को उपाधी बिमका सर्बजित जुग्जालीलाई (तस्विर सहित )

लालबहादुर पुन बेलायत । बेलायतको फोक्सटन केन्टस्थित ईचिङ्गहिल (GC)जीसि स्थित  ८ मे २०२१ शनिबार  सम्पन्न प्रथम मोना गोल्फको उपाधी   म्याग्दीको मालिका गाउँपालिका –७ बिमका सर्बजित जुग्जालीले हात पार्नुभएको छ । नेपाली नयाँ…