धवलागिरी गाउँपालिका मुख्य समाचार म्याग्दी म्याग्दी न्युज विशेष समाचार समाज

धवलागिरी गाउँपालिकालाई स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका घर भई हाल काठमाडौंमा बस्दै आएका महिलाहरुले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेका छन् । काठमाडौंमा बस्ने धवलागिरीका महिलाहरुद्धारा स्थापित उपकार आमा समुहले गाउँपालिकालाई एक लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको हो । आमा समुहको एक लाख रुपैयाँ आर्थिक सहयोगमा गाउँपालिकाले थप गरेर एक लाख एघार हजार एक सय १० रुपैयाँ बरारबको स्वास्थ्य सामग्री गरिद गरेर गाउँपालिकालाई उपलब्ध गराइएको हो ।

सो समुहले मालिका गाउँपालिकालाई पनि पचास हजार रुपैयाँ सहयोग गरेको थियो । कोरोना रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउने उद्धेश्यले सहयोग गरिएको उपकार महिला समुहकी अध्यक्ष चन्द्रमनि जुग्जालीले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष थमसरा पुन मगरले सहयोगप्रति आमा समुहलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले उक्त स्वास्थ्य सामग्री आवश्यकता अनुसार प्रयोग गर्ने बताउनुभयो । उहाँका अनुसार कोरोना रोकथाम तथा नियन्त्रण र विरामीको उपचारका लागि गाउँपालिकाले दश बेडको आइशोलेसन वार्ड र पाँच शय्याको अस्थायी कोरोना अस्पताल संचालनमा ल्याएको छ ।

गाउँगाउँपालिका आफैले खरिद गरेर ल्याब संचालनमा ल्याएको अध्यक्ष पुनले बताउनुभयो । समुदाय स्तरमा कोरोना संक्रमदर फैलिन नदिन गाउँपालिकाले स्थानीय स्तरमा स्वाब संकलन गरी परिक्षणको दायरा बढाएको छ भने कोरोनाबाट बच्न सचेतना अभियान पनि संचालन गरेको छ ।यसैगरी, म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ५ घर भई हाल काठमाडौंमा बस्ने क्याप्टेन जित बहादुर घर्तिले पनि पचास हजार रुपैयाँँ बराबरको स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।

सम्बन्धित समाचार

thumbnail

धारापानीका थापा परिवारद्धारा गाउँपालिकालाई आर्थिक सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ धारापानीका समाजसेवी तेजेन्द्र थापाको परिवारले गाउँपालिकालाई आर्थिक सहयोग गर्नुभएको छ । कोरोना भाइरस रोकथाम ,नियन्त्रण र संक्रमित विरामीको उपचारमा सघाउ पु¥याउने उद्धेश्यले आफ्नो परिवारको…

thumbnail

धवलागिरीमा भिडियो एक्सरे र ल्याब सेवा सुरु (तस्विर सहित)

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर ७ स्थित ताकम अस्पतालमा भिडियो एक्सरे र ल्याब सेवा सुचारु भएको छ । गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोग र गाउँपालिकाको समन्वयमा उपकरण व्यवस्थापन…

thumbnail

काठमाडौं र पोखराबाट म्याग्दीका तीन गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयोग

बेनी । काठमाडौं र पोखरामा बस्दै आएका म्याग्दीलीहरुले गृह जिल्लामा स्वास्थ्य सामाग्री सहयोग गरेका छन् । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर २ घर भई पोखरा बस्दै आउनुभएका बोमबहादुर पुन र जिल्लाको मालिका…