मुख्य समाचार राजनिति राष्ट्रिय समाचार

नागरिकता अध्यादेशबारे सर्वोच्चको आदेशमा महन्थको असन्तुष्टि

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नागरिकता सम्बन्धी अध्यादेशलाई रोक्दा नागरिकता सम्बन्धी समस्या भयावह हुने बताएका छन्।

नेपाल सरकारले नागरिकता सम्बन्धी अध्यादेश जारी गरेको विरूद्धमा परेको रिटमाथि सर्वोच्च अदालतले सुनुवाई गर्दै तत्काल कार्यान्वयन नगर्नु भनेर अन्तरीम आदेश दिएपछि जनता समाजवादी पार्टीका नेता रूष्ट बनेका छन्।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त मन्त्री राजकिशोर यादवको सम्मानमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ठाकुरले अध्यादेश पनि कानुन नै भएकाले सर्वोच्च अदालतले रोक्नु गलत भएको बताएका हुन्।

उनले ३ वर्षदेखि नागरिकता सम्बन्धी विधेयक संसदमा अड्किएको उल्लेख गर्दै संसदले नागरिकता सम्बन्धी विषयमा निर्णय गर्न नसकेको बताए। नागरिकताको अभावमा नागरिकहरु रोजगार, शिक्षा, व्यापार व्यवसायका लागि र विदेश जान समस्या भएको भन्दै राज्यको सेवा सुविधाबाट वञ्चित हुनुपरेको बताए। उनले नवनियुक्त मन्त्रीलाई आपसमा समन्वय गरेर काम गर्न निर्देशन पनि दिए।

उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री राजेन्द्र महताले जसपालाई देश र जनताको सेवा गर्ने अवसर प्राप्त भएकाले देश र जनताप्रति समर्पित भावले आफ्नो दायित्व निर्वाह गर्नुपर्ने बताए। देशको समृद्धि विकास र जनताको अधिकारको निम्ति जसपाले सरकारमा बसेर इमान्दारीपूर्वक काम गर्ने उनले बताए।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादवले आफ्नो विवेक र ल्याकतले भ्याएसम्म आफ्नो जिम्मेवारी निर्वाह गर्ने बताए। सरकारमा रहेर पार्टीको नीति, निर्देशन र उद्धेश्य प्राप्त गर्न केन्द्रीत हुने उनले बताए। उनले सरकारको लक्ष्य प्राप्तिका लागि निष्ठापूर्वक काम गर्ने बताए। उनले आफू सामुहिक रुपमा काम गर्न प्रतिबद्ध रहेको पनि बताए। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

एसइईको नतिजा साउन दोस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन आवेदन दिने विद्यार्थीको असार २० गतेभित्र आन्तरिक मूल्याङ्नका सबै कार्य पूरा गरी जिल्ला समन्वय एकाइ कार्यालयमा पठाइसक्नुपर्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको…

thumbnail

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना हुनुभएको छ । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल स्रोतका अनुसार…

thumbnail

बेनी-जोमसोम सडक अवरुद्ध

बेनी । बेनी -जोमसोम सडक अवरुद्ध भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ३ दाना रुप्से छहरा स्थित सडकको हिलोमा ट्रक फसेपछि आइतबार सांझ देखी पुर्ण रुपमा सडक अवरुद्ध भएको हो…