अन्तराष्ट्रिय मुख्य समाचार राष्ट्रिय समाचार

बर्दियामा भारतबाट आएका जंगली हात्तीको लर्को

काठमाडौं । केही दिनयता चीनमा वासस्थान छोडेर यात्रामा निस्किएका जंगल हात्तीको संसारभरि चर्चा छ। १५ वटा चिनियाँ हात्ती अहिलेसम्म ५ सय किलोमिटरभन्दा बढी हिँडिसकेका छन्।

चिनियाँ हात्तीको चर्चा भइरहेका बेला नेपालको बर्दियामा पनि हात्तीको त्यस्तै लर्को देखिएको छ। बर्दियाको खाता जैविक मार्ग क्षेत्रमा पर्ने शिव सामुदायिक वनमा झन्डै ४० हात्ती हिँडिरहेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा आएका छन्।

ती हात्ती हुल बाँधेर कहाँ हिँडेका हुन्रु यो प्रश्न हामीले राष्ट्रिय प्रकृति संरक्षण कोषका बर्दिया प्रमुख रविन कडरियालाई सोध्यौं। उहाँले भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्र ४० वटा जंगली हात्ती नेपाल आएको बताउनुभयो।

‘जंगली हात्तीहरू नेपाल आएको जानकारी पाएका छौं। यी हात्तीहरू बर्दिया राष्ट्रिय निकुञ्ज पुगिसकेका छन्। उनीहरू वारिपारि गरिरहन्छन्,’ कडरियाले भन्नुभयो ,‘अब एक महिनाजति यता बसेर फेरि उता जान्छन्।’

बर्दिया राष्ट्रिय निकुञ्ज र भारतको कतर्निया घाट वन्यजन्तु संरक्षण क्षेत्रको दूरी लगभग १० किलोमिटर छ। ‘यहाँ उनीहरूको हिँड्ने परम्परागत बाटो छ। त्यही बाटोमा हिँड्छन्। मान्छेको बस्तीमा पस्दैनन्। उनीहरूको बाटो अतिक्रमण गरेर बनाएका घर वा बाटोमा मान्छे भेटिए कुल्चिन सक्छन्,’ प्रमुख कडरियाले भन्नुभयो।

उहाँका अनुसार यी नेपाल-भारत ओहोरदोहोर गरिरहने यी हात्तीको गणना पनि दुबै देशको हुन्छ। यता बस्दा यतै गणना हुन्छ, उता जाँदा उतै गणना हुन्छ। त्यसैले हामीले बर्दिया निकुञ्ज १२० हात्तीमध्ये ५०-६० मात्रै यहाँ बस्छन् भन्छौं,’ कडरियाले भन्नुभयो। सेतोपाटीबाट

सम्बन्धित समाचार

thumbnail

चीनमा ग्यास बिस्फोटनमा परेर १२ जनाको मृत्यु , १०० भन्दा बढी घाइते

वुहान । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास बिस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीयअधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल…

thumbnail

नेपाली अमेरिकन सामुदायिक केन्द्रमा नयाँ कार्यसमिति

अमेरिका । अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडाले यहाँ रहेका नेपाली बालबालिकामा नेपालप्रति माया गर्ने भावनाको विकास हुनुपर्ने बताउनुभएको छ । अमेरिकाको डीसीमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) को दोस्रो वार्षिक…

thumbnail

भारतीय सेनाद्धारा नेपाली सेनालाई करिब २९ करोडको स्वास्थ्य सामाग्री हस्तान्तरण

काठमाडौं । भारतीय सेनाले नेपाली सेनालाई २८ करोड ८० लाख भन्दा बढी मुल्य बराबरको स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण गरेको छ। छिमेकी पहिलो नीति अन्तर्गत भारतीय सेनाले प्रदान गरेको स्वास्थ्य सामाग्री तथा…