आर्थिक मुख्य समाचार राष्ट्रिय समाचार समाज

सांग्रिला बैंकको डिबेन्चर बिक्री असार ६ गतेदेखि

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्र बिक्री आगामी असार ६ गतेदेखि खुला हुने भएको छ। बैंकले ७५ करोड रूपैयाँ ऋण पुँजी रकम बराबरको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेन्चर २०८७’ निष्कासन गर्न लागेको जनाएको छ।

असार ६ गतेदेखि निष्कासन हुने ऋणपत्रमा छिटोमा असार ९ गतेसम्म र ढिलोमा असार २० गतेसम्म आवेदन दिन सकिने बैंकको विज्ञप्तिमा उल्लेख छ। वार्षिक नौ प्रतिशत ब्याजदर भएको ऋणपत्र प्रतिएकाइ एक हजार रूपैयाँ दरमा किन्न पाइनेछ।

कुल निष्कासन हुने सात लाख ५० हजार एकाइमध्ये चार लाख ५० हजार युनिट व्यक्तिगत तवरबाट र तीन लाख युनिट सर्वसाधारणका लागि सार्वजनिक निष्कासनको माध्यमबाट बिक्री गरिने बैंकले जनाएको छ।

सर्वसाधारणलाई सुरक्षित गरिएको ऋणपत्रका एकाइमध्ये पाँच प्रतिशतले हुन आउने १५ हजार युनिट भने सामूहिक लगानी कोषलाई बाँडफाँड भइसकेको छ। बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेड छ भने नागरिक लगानी कोषसँग डिबेन्चर प्रत्याभूतसम्बन्धी सम्झौता भइसकेको बैंकले जनाएको छ। nagariknews.nagariknetwork बाट

सम्बन्धित समाचार

thumbnail

बैंकिङ कसुरमा ९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा ९ दिन कैद र ९ लाख जरिवाना तोकिएका फरार प्रतिवादीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–२ घर भएका राम खड्का…

thumbnail

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौँ । साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक १५.११ अंकले घटेर ३ हजार ७९.८३…

thumbnail

पत्रकारलाई एक महिनाभित्र पारिश्रमिक दिने नागरिक दैनिकको बचन, पहिलो किस्ता आजैबाट

काठमाडौं । नेपाल रिपब्लिक मिडियाले कार्यरत् पत्रकारलाई पारिश्रमिक उपलब्ध गराउने बचन दिएको छ । बिहीबार वार्ता हुँदा मिडियाले एक महिनाभित्र सबै पारिश्रमिक दिने प्रतिवद्धता जनाएको हो। तर, पत्रकारले यो प्रतिवद्धता लिखित रुपमै…