अन्नपुर्ण गाउँपालिकाद्धारा कृषकलाई माछाका भुरा वितरण

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाले कृषकहरुलाई माछाका भुरा वितरण गरेको छ । गाउँपालिकाको पशु सेवा शाखाको बार्षिक स्विकृत कार्यक्रम अनुसार वडा नम्बर १ बाहेक सबै वडाका २२ जना कृषकहरुलाई २५ हजार भुरा वितरण गरिएको हो ।

उक्त माछाका भुरा गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुन ,उपाध्यक्ष केशमाया मगर र प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले कृषकहरुलाई वितरण गर्नुभएको हो ।भुरा वितरण गर्दै गाउँपालिका अध्यक्ष गर्बुजा पुनले कृषकलाई व्यवसायीक माछापालन विस्तार र प्रोत्साहन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गर्नुभयो ।

पोखराबाट ग्रास कार्प र कमन कार्प दुई जातका माछाका भुरा ल्याएर गाउँपालिकाका कृषकहरुलाई वितरण गरिएको पशु सेवा शाखाका संयोजक प्रकाश घर्ति क्षत्रीले बताउनुभयो । व्यवसायीक माछा पालन विकास र कृषकहरुलाई प्रोत्साहन गर्न भुरा वितरण गरिएको हो ।

तस्विर सौजन्य : गोकुल बरुवाल

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार