अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु ,शव कालिगण्डकीमा व्यवस्थापन

बेनी । म्याग्दीको अन्नपुर्ण गाउँपालिकामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ । अन्नपुर्ण गाउँपालिका वडा नम्बर २ स्थित भुरुङका ८२ बर्षिय पुरुषको सोमबार राति करिब १० बजेको समयमा मृत्यु भएको गाउँपालिको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले जानकारी दिनुभयो ।

ती पुरुषमा जेठ ८ मा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उहाँ होम आइशोलेसनमा उपचाररत हुनुहुन्थ्यो । यो संगै अन्नपुर्ण गाउँपालिकामा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई पुगेको छ । ती पुरुषको परिवारमा अन्य सदस्यलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।संक्रमित अन्य सदस्यको स्वास्थ्य  अवस्था सामान्य रहेको छ ।

मृतक पुरुषको शव मंगलबार कालिगण्डकीमा व्यवस्थापन गरिएको छ ।स्वास्थ्य शाखा प्रमुख बरुवालको नेतृत्वमा अस्थायी कोभिड अस्पतालको शव व्यवस्थापन टोलीले कालिगण्डकी नदी किनार घाटमा शव जलाएको हाे ।अस्थायी कोभिड अस्पतालमा ९ जना संक्रमित उपचाररत छन् । स्वास्थ्य शाखा प्रमुख बरुवालका अनुसार गाउँपालिकामा कोरोना संक्रमितको संख्या २०१ पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार