अन्नपुर्ण गाउँपालिका अध्यक्ष क्याप्टेन गर्बुजा पुनद्धारा उच्च सतर्कता अपनाउन आग्रह

सुरेन गुरुङ

पोखरेबगर । म्याग्दीको अन्नपुर्ण गाउँपालिकाका अध्यक्ष क्याप्टेन डमबहादुर गर्बुजा पुनले गाउँपालिकाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।बर्षाका कारण गाउँपालिका भित्रका विभिन्न स्थानमा पहिरोले सडक भत्किएको ,खोला र नदीमा पानीमो बहाव बढेको भन्दै  बाढी ,प्रकोप हुन सक्ने जोखिम बढेकोले  सबैलाई सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । पहिरोले सडक अबरुद्ध भएपछि पहिरोको जोखिममा रहेका क्षेत्रमा स्थलगत निरिक्षण गर्न नसकिएको बताउनुहुँदै जोखिममा रहेका क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको उहाँको भनाई छ ।

म्याग्दीको अन्नपुर्ण गाउँपालिकाको पोखरेबगर र तातोपानी बिचमा गएको पहिरोको स्थलगत निरिक्षण गर्दै गाउँपालिका अध्यक्ष क्याप्टेन डम बहादुर गर्बुजा पुन ।  तस्विर : सुरेन गुरुङ/म्याग्दी न्युज डट्कम

यसैगरी जोखिममा रहेका क्षेत्रमा उद्धारमा लाग्न समेत सम्बन्धीत वडाका जनप्रतिनिधिलाई निर्देशन दिनुभएको छ । बर्षाका कारण गाउँपालिकाको वडा नम्बर ५ शिख धस्केखर्कमा तीन घर र वडा नम्बर १ दोबामा १ घर पहिरोको जोमिमा रहेका छन् । त्यस्तै बर्षाका कारण वडा नम्बर ५ स्थित स्वातमा कृषकहरुरको सामुहिक कृषी फममा समेत सामान्य क्षती पु¥याएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरणप्रसाद शर्मा पौडेलले पनि जोखिमा रहेका क्षेत्रमा सतर्कता अपनाउन ,घटना भए प्रहरी चौकी ,वडा कार्यालय र गाउँपालिकाको कार्यालयमा जानकारी गराउन समेत अपिल गर्नुभएको छ । यसैगरी अविरल बर्षाका कारण बेनी–जोमसोम सडक अबरुद्ध भएको छ । बर्षाका कारण गाउँपालिकाको विभिन्न ठाउँमा बाढी पहिरोले सडक अबरुद्ध भएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार