अमेरिकामा रहेका बरंजाबासीद्धारा स्वास्थ्य सामग्री सहयोग तथा निशुल्क एम्बुलेन्स सेवा संचालन(तस्विर सहित)

बेनी । म्याग्दीको मंगला गाउँपालिका वडा नम्बर ३ र ४ घर भई हाल रोजगारीको शिलशिलामा अमेरिकामा रहेका बरंजाबासीहरुले स्वास्थ्य सामग्री सहयोग गरेका छन् । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र विरामीको उपचारमा सघाउने उद्धेश्यले अमेरिकामा रहेका मनप्रसाद रोका मगरको नेतृत्वमा बरंजाबासीहरुले आर्थिक संकलन गरी स्वास्थ्य सामग्री खरिद गरेर सहयोग गरेका हुन् ।

सो स्वास्थ्य सामग्री आर्थिक सहयोग व्यवस्थापन समिति अन्तर्गत बजार व्यवस्थापक तथा समाजसेवी लोकेश पुनले आइतबार एक कार्यक्रमका विच वडा नम्बर ३ र ४ का वडा अध्यक्षद्धय कबिन्द्र रोका मगर र ओमबहादुर रोका मगर मार्फत आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष रेशम बुढाथोकी र बरंजा स्वास्थ्य चौकीकी अनमि रन्जना थापालाई हस्तान्तरण गर्नुभयो ।

अमेरिकामा रहेका बरंजीहरुको आर्थिक सहयोगमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण र संक्रमित विरामीको उपचारका लागि दुई थान अक्सिजन कन्सन्टेटर,थर्मोमिटर ,अक्सिमिटर ,मास्क ,सेनिटाइजर,पीपीई लगायत ६ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री खरिद गरेर हस्तान्तरण गरिएको बजार व्यवस्थापक तथा समाजसेवी पुनले बताउनुभयो । यसैगरी कार्यक्रममा वडा अध्यक्षद्धय रोकाले स्वास्थ्य सामग्री सहयोगप्रति अमेरिकामा रहेका बरंजीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

आर्थिक सहयोग व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले वडा नम्बर ३ र ४ मा संक्रमणदर थप फैलिन नदिन र संक्रमित विरामीको उपचारमा सघाउन प्रत्येक टोलमा स्वंयसेवक परिचालन गरिएको बताउनुभयो । उहाँले सहयोगप्रति विदेशमा रहेका बरंजाबासीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

‘बरंजा पनि कोरोनाबाट अछुत रहेन ,समुदायमा थप संक्रमण फैलिन नदिन र संक्रमित विरामीको उपचारमा सघाउन हामिले दुई वटै वडाका प्रत्येक टोलमा स्वंयसेवक परिचालन गरेर सचेतना जगाउने र आवश्यक स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौं’,– कोरोना भाइरस रोकथाम ,नियन्त्रण, व्यवस्थापन तथा संक्रमित विरामीको उपचारमा सघाउनका लागि अािर्थक सहयोग व्यवस्थापन समितिका अध्यक्ष बुढाथोकीले भन्नुभयो । यसैगरी,सोही अवसरमा महामारीको समयमा संक्रमित संगै सबै खाले विरामीलाई अस्पताल लैजान र ल्याउन निशुल्क एम्बुलेन्स संचालनमा ल्याइएको छ । कार्यक्रमको संचालन आर्थिक सहयोग व्यवस्थापन समितिका सचिव चित्र बहादुर रोकाले गर्नुभएको थियो ।
एम्बुलेन्स सेवाको लागि
मिलन रोका मगर ः९८५७६५१५२३
बिरबहादुर घर्ति ः९८६६४०४७७३

सहयोगीदाताहरुको नामावली

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार