एभरेष्ट बैंकद्धारा नागरिक केयर सेन्टरलाई पाँच लाख सहयोग

काठमाडौं । शुक्रबार नागरिक केयर सेन्टर, विराटनगरलाई एभरेष्ट बैंकले पाँच लाख रुपैयाँ सहयोग गरेको छ। नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा र वरिष्ठ उपाध्यक्ष महेश कुमार जाजूलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको थियो।

चेक हस्तान्तरण कार्यक्रममा नागरिक केयर सेन्टरका अध्यक्ष पवन कुमार सारडा, वरिष्ठ उपाध्यक्ष एवं कोषाध्यक्ष महेश कुमार जाजू, एभरेष्ट बैंक लि., प्रदेश नं. १ का क्षेत्रीय प्रबन्धक पूर्ण बहादुर श्रेष्ठलगायत नागरिक केयर सेन्टरका सदस्य लगायतको उपस्थिति रहेको थियो। नागरिक केयर सेन्टरले कोभिड रोकथाम तथा नियन्त्रणका लागि विभिन्न काम गर्दै आएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार