कटुवा पेस्तोलसहित एक पक्राउ

जनकपुरधाम । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित आइतबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सुखीपुर नगरपालिका ७ बलही निवासी ४७ बर्षीय गणेश कुमार सिंह छन् । आफ्नो घर नजिकै लुकाएको एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसहित सिंहलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ ।

गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले सिंहलार्य हतियारसहित नियन्त्रणमा लिई थप अनुसन्धान शुरु गरिएको सिरहा प्रहरीका प्रवक्ता शालिग्राम शर्माले बताउनुभयो । अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार