क्रेनको पाइपले लागेर हाइड्रोपावरमा काम गर्ने एक मजदुरको मृत्यु

पाँचथर । पाँचथर हिलिहाङ गाउँपालिका-१ मा रहेको अरुण भ्याली हाइड्रोपावर कम्पनीमा काम गर्ने मजदुरको फलामको पाइपले लागेर मृत्यु भएको छ। मृत्यु हुनेमा गुल्मी सत्यवती गाउँपालिका २ का २९ वर्षीय मोहन राहादी मगर रहेका छन्।

बिहीबार बेलुका ५ बजे साढे तीन मिटर गोलाई भएको अन्दाजी चार टन वजन भएको फलामको पाइप बा३क ३८४५ नम्बरको क्रेनले उठाउने क्रममा क्रेनको साङ्ली चुँडिएर मगरको घाँटीमा पाइपले लागेको थियो।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। क्रेन अपरेटर बारा सखुवाघाट गाउँपालिका-७ का २८ वर्षीय अनिल लोप्चनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सेतोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार