खोलामा बाढी आउँदा एक दर्जन बढी घरमा क्षति

बैतडी । बैतडीको पञ्चेश्वर गाउँपालिका–६ बस्खेतमा खहरे खोलामा आएको बाढीले दर्जनौं घरमा क्षति पुर्‍याएको छ। गए राती परेको अविरल बर्षाका कारण स्थानीयहरुका घरमा क्षति पुर्‍याएको स्थानीय भोजराज भट्टले जानकारी दिनुभयो। डोजरले खनेको सडकको माटो बस्खेत खोलामा आएको र खोलाको बाढीले स्थानीयहरुमा घरमा क्षति पुर्‍याएको उहाँले बताउनुभयो ।

बाढीले स्थानीय मुन्ना लुहारको घर आधा बगाएको छ। घरभित्र रहेका खाद्यान्न सामग्री, भाँडाकुडा बगाएको छ। बाढीले स्थानीय हरिराम लुहारको घर जोखिममा छ भने शंकर भण्डारीको शौचालय बगाएको छ। अविरल बर्षाका कारण सडकको माटो सहितको बाढी गाउँमा पस्दा स्थानीय गणेशसिंह भण्डारी, सुन्दरसिंह भण्डारी, गगनसिंह भण्डारी,रमेश लुहार, शिवराम लुहार लगायतका १० जना भन्दा बढी घरहरु उच्च जोखिममा परेका छन्।

वर्षा सुरु भएसंगै जिल्लामा विपद्का घटनाहरु बाहिर आउन थालेका छन्। जथाभावी डोजरको प्रयोग गरेर खनेका सडकहरुका कारण बाढी पहिरोको जोखिम बढेको बताइएको छ। धेरै स्थानीय तहहरुले विपदबाट हुने क्षति न्यूनीकरणका लागि पूर्व तयारी समेत गरेका छैनन्। nagariknews.nagariknetworkबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार