गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता घिमिरेले दिए राजीनामा

कास्की । गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता राजेन्द्र घिमिरेले पदबाट राजीनामा दिएका छन् । ३ वर्ष ३ महिनाको कार्यकालपछि घिमिरेले आज बिहान राजीनामा दिएका हुन् ।

घिमिरेलाई तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २०७४ फागुन २१ मा नियुक्त गरेका थिए ।उनले प्रदेशप्रमुख सीताकुमारी पौडेललाई राजीनामा बुझाएका छन ।

उनको राजीनामापत्रमा आफ्नो क्षमताले भ्याएसम्म संघीयता कार्यान्वयनको पक्षमा प्रदेशको अधिकारको रक्षा, प्रदेशमा कानुन निर्माणमा सहजीकरण, स्थानीय तहमा कानुन तर्जुमा सहजीकरण समिति समेतमा रही संवैधानिक र कानुनी कर्तव्य पालना गर्न इमानदारीपूर्वक कार्य गरेको उल्लेख गरेका छन् । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार