गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष केसीको निधन

बेनी । म्याग्दीको बेनी नगरपालिका-९,गलेश्वर स्थित प्रसिद्ध धार्मिक तीर्थस्थल गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष तथा समाजसेवी रुद्धबहादुर केसीको निधन भएको छ । कोरोना संक्रमणका कारण काठमाडौं स्थित अस्पतालमा उपचारको क्रममा केसीको शुक्रबार निधन भएको हो । ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको कोषका कार्यालय सचिव रामबहादुर बानियाँले जानकारी दिनुभयो ।

होम आइसोलेसमा बस्नुभएका केसीको स्वास्थ्यमा सुधार नआएपछि थप उपचारको लागि अस्पताल भर्ना गरिएको थियो। श्वासप्रस्वासमा समस्या आएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको अवस्थामा अस्पतालले मृत घोषित गरेको थियो । स्वर्गिय केसीको शनिबार दिउँसो स्वास्थ्यको प्रोटेकलको प्रयोग गरी गलेश्वरस्थित कालिगण्डकी नदीमा अन्तेष्टी गरिएको छ ।

म्याग्दी जिल्लाको एक पुरानो राजनीतिज्ञ तथा धेरै सामाजिक संघसंस्थामा कार्यरत केसीले गलेश्वर मन्दिरको नेतृत्व गरेपछि मन्दिरमा भौतिक संरचना थपिनुका साथै ब्यवस्थित भएको थियो ।नेपाली कांग्रेस म्याग्दीका जिल्ला सदस्य समेत रहनुभएका केसीको निधनले राजनीतिक, सामाजिक तथा धार्मिक क्षेत्रमा अपुरणीय क्षती पुगेको नेपाली क्षति पुगेको नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा `खम्बिर´ले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार