जनमोर्चाका अध्यक्ष केसी : गण्डकी प्रदेश सरकारमा जनमोर्चा सहभागी हुँदैन

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गण्डकी प्रदेश सरकारमा आफ्नो पार्टी सहभागी नहुने बताउनुभएको छ । सरकारमा सहभागी नभएपनि सरकारका गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने केसीले बताउनुभएको हो ।

आइतबार एक वक्तव्य जारी गरी अध्यक्ष केसीले गण्डकी सरकारलाई अपदस्थ गर्न सफलता मिलेकोमा विपक्षी गठबन्धन लगायत सबैलाई बधाई समेत दिनुभएको छ ।

जनमोर्चाले नयाँ सरकारलाई समर्थन रहने भन्दै विज्ञप्तिमा नयाँ सरकार गठन गर्न महत्वपूर्ण भूमिका खेलेको जनमोर्चाले सरकारमा सामेल नभई गुण र दोषका आधारमा समर्थन वा विरोध गर्ने उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘उक्त सरकारमा हाम्रो पार्टी सहभागी नहुने र सरकारले आगामी दिनमा अपनाउने नीतिको दोष र गुणको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति हुनेछ ।’ नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार