जिप दुर्घटना हुदाँ चालकको मृत्यु

अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका–९ च्यानडाँडामा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

भुमिकास्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याप दुर्घटना हुदाँ चालक भुमिकास्थान–९ का अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको ट्राफिक प्रमुख प्रहरी नायव निरीक्षक प्रविन आर्चायले जानकारी दिनुभयो ।

गाडीमा चालक मात्र रहेको र सडकबाट करिब ३ सय मिटर तल खसेको आर्चायले जानकारी दिनुभयो । गाडी ओभर स्पिडका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ । नागरिक खबरबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार