ढुङ्गा प्रहार गरी छोराद्धारा बाबुको हत्या

विराटनगर । मोरङको सुनवर्षीमा एक पुरुषले आफ्नै बाबुको हत्या गरेका छन् । सुनवर्षी नगरपालिका–४ का ४० वर्षीय दयालु ताजपुरियाले ढुङ्गाले प्रहार गरेर आफ्नै बाबु ६८ वर्षीय टिनताल ताजपुरियाको हत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी निमित्त प्रमुख डिएसपी मञ्जील मुकारुङले मापसे गरेको विषयलाई लिएर भएको सामान्य घरायसी विवादमा दयालुले शनिबार बिहान ६ बजेतिर सुतिरहेकै ओछयानमा पुगेर बुवालाई ढुङ्गाले हानेको थिए।

ढुङ्गा प्रहारबाट गम्भीर घाइते भएका टिनताललाई उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो । कोसीले उपचार सम्भव नहुने भन्दै अन्य अस्पतालमा रिफर गरिदिएपछि गम्भीर अवस्थाका उनलाई लगेर घरमै राखिएको थियो ।

टिनतालको आज आइतबार बिहान ५ः३० बजेतिर आफ्नै घरमा मृत्यु भएको डिएसपी मुकारुङले बताउनुभयो । प्रहरीका अनुसार कोसी अस्पतालले भारतको सिलिगुडी अर्थात सुविधा सम्पन्न अरु नै अस्पतालमा रेफर गरिदिए पनि कमजोर पारिवारिक आर्थिक अवस्थाका कारण वृद्धलाई थप उपचारका लागि परिवारका सदस्यले लैजान सकेनन् । खर्च अभावका कारण थप उपचार पाउन नसक्दा उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले बाबु–छोरीबीच मापसेका विषयलाई लिएर बढेको विवाद हत्याको घटनासम्म पुगेको जनाएको छ । प्रहरीका अनुसार छोराले मापसे गरेर राति होहल्ला गर्न थालेपछि टिनतालले सम्झाई बुझाई गर्ने क्रममा बाबु छोरा बिच समान्य विवादले उग्ररुप लिएको थियो ।

विवादपछि रिसईवी साँधेर बसेका दयालुले सुतेको ओछयानबाट उठ्न नपाउँदै बाबुलाई ढुङ्गाले प्रहार गरेको प्रहरीको भनाइ छ । बाबुको हत्यामा संलग्न दयालुलाई खड्का नेतृत्वकै टोलीले नियन्त्रणमा लिइसकेको छ । रातोपाटीबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार