त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले रोकिएका स्नातक तह र स्नातकोत्तर तहका सबै परीक्षाहरू साउन ५ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताउनुभयो।

स्नातक दोस्रो वर्षको परीक्षाहरू साउन ९ गतेसम्म सम्पन्न गर्ने बोर्डले तय गरेको उहाँले जनाउनुभयो। उहाँले स्नातक प्रथम वर्षका परीक्षार्थीहरूको परीक्षा साउन १० गतेदेखि २८ गतेसम्म सञ्चालन गरी सबै विषयको परीक्षा सम्पन्न गर्ने निर्णय भएको जनाउनुभयो। ‘स्नातक प्रथम वर्षदेखि स्नातकोत्तर तहसम्मका चार लाख विद्यार्थीको परीक्षा साउन ५ गतेदेखि सुरु हुन्छ,’ नियन्त्रक जोशीले भन्नुभयो, ‘स्नातकोत्तर तहको भने भदौ पहिलो साता सुरु गर्ने तय भएको छ,’ उहाँले थप्नुभयो, ‘विद्यार्थीलाई केन्द्र छनौटको अवसर दिइने छ।

बिहीबार बोर्डले कार्यतालिका प्रकाशित गर्छ। शुक्रबारदेखि आइतबारसम्मका विद्यार्थीलाई केन्द्र छनौटको लागि सूचना प्रकाशित गरिन्छ।’ नियन्त्रक जोशीका अनुसार विगतमा बढीमा दुई सय ४० केन्द्र मात्र तोकिने गरिन्थ्यो भने यसपटक देशभरिमा तीन सय परीक्षा केन्द्रबाट चार लाख विद्यार्थीले परीक्षा दिने तय भएको छ। ‘यसपटक परीक्षाहरू बिहान एक सिफ्टमा मात्र हुने बोर्डले तय गरेको छ,’ नियन्त्रक जोशीले भन्नुभयो, ‘कोरोना जोखिमका कारण लकडाउन जारी नै रहेको अवस्थामा विद्यार्थीलाई बढीमा हिँडेर आधा घन्टाको दूरीमा केन्द्र तय गरिएको छ।

बढीमा १३ किमीको दूरीमा केन्द्र तोकिएको छ।’ उहाँले तराईका वीरगन्ज, जनकपुर र सिराहा जिल्लामा एउटै सहरमा तीनभन्दा बढी केन्द्र पनिकाले तोकेको यो पहिलोपटक हो। जसकेसम्म विद्यार्थीलाई पायक पर्ने केन्द्रबाट परीक्षा दिन पाउने व्यवस्थापन गर्नु पनिकाको मुख्य उद्देश्य रहेको बताउनुभयो। नियन्त्रक जोशीले सेमेस्टर प्रणालीका झन्डै एक लाख विद्यार्थीको परीक्षा पनि साउनको दोस्रो सातादेखि हुने तय भएको जनाउनुभयो। ‘दसैंपछि स्नातक चौथो वर्षको परीक्षा हुने छ,’ उहाँले भन्नुभयो, ‘उपत्यकामा मात्र ८० केन्द्र तोकिएको छ। हिमाली जिल्लामा विगतमा एकवटा केन्द्र हुने गरेको थियो भने यसपटक दुईवटासम्म तोकिएको छ।’

परीक्षा सहनियन्त्रक घनश्याम ठाकुरले स्नातक प्रथम वर्षको परीक्षा २२ महिनादेखि कोभिडकै कारण रोकिएको जनाउनुभयो। ‘२२ महिना अघिनै हुनुपर्ने स्नातक प्रथम वर्षका परीक्षाहरू कोभिडकै कारण रोकिएको छ। हाल पुराना प्रथम वर्ष र नयाँ प्रथम वर्ष गरी दुईवटा स्नातक प्रथम वर्षको परीक्षाहरू साउन ५ गतेदेखि हुने तय भएको छ,’ सहनियन्त्रक ठाकुरले नागरिकसँग भने, ‘परीक्षा भौतिक उपस्थितिमै हुन्छ। किनभने ४ लाख बढी विद्यार्थीको परीक्षा अनलाइनबाट गर्न सम्भव छैन।’ परीक्षा फारम अनलाइन भर्नसमेत विद्यार्थीले सक्दैनन्।

यस्तो अवस्थामा भौतिक उपस्थितिको विकल्पनै नभएको उनको भनाइ छ। उहाँले परीक्षा केन्द्रहरू स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरूपमा पालना गर्न निर्देशन गरिएको बताउनुभयो। ‘सबै केन्द्रहरूमा मास्क, स्यानिटाइजर र भौतिक दूरी अनिवार्य पालना गर्न निर्देशन छ,’ सहनियन्त्रक ठाकुरले भन्नुभयो, ‘विद्यार्थीको सहुलियतको आधारमा केन्द्र निर्धारण गरिएको छ। nagariknews.nagariknetwork बाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार