थप २४०७ जनामा कोरोना संक्रमण , ४६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जनागरी २ हजार ४ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

हालसम्म पिसिआर र एन्टिजेन गरी ३३ लाख २२ हजार ५५४ जनाको नमुना परीक्षण भएको छ। हाल देशभर ६८ हजार ९ सय ५५ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ४६ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ४ सय १२ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ९ सय ९४ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ३१ हजार १ सय ५ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार