थप ३७४९ जनामा कोरोना संक्रमण , ५२९३ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ९ सय १ आरटी पिसिआर र ५ हजार ३ सय ३७ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ७ सय ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख १९ हजार ४०१ पुगेको छ । संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार २ सय ६१ जना र भेन्टिलेटरमा ३ सय ८२ जना उपचाररत छन् । हाल देशभर ७७ हजार ८ सय ५८ जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ५९ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार २ सय ३८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय ९३ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ रहेको छ ।नेपालमा निको हुने दर ८५.७ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार