थप ३७५० जनामा कोरोना संक्रमण , ५२२५ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ९ हजार ५ सय ९८ आरटी पिसिआर र ५ हजार ५ सय ८४ एन्टिजेन विधिबाट परीक्षण गरिएकोमा ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ४ हजार ३ सय ९६ पुगेको छ । हाल देशभर ७५ हजार २ सय ७५ जना सक्रिय संक्रमित रहेका छन् । यीमध्य ६९ हजार ६ सय ८६ जना होम आइसोलेसन, ५ हजार ५८९ जना संस्थागत आइसोलेसन, १ हजार १८९ जना आईसीयूमा र ३ सय ६६ छन्।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ६७ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ८ हजार ३ सय ५ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख २० हजार ८ सय १६ रहेको छ ।नेपालमा निको हुने दर ८६.२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार