थप ४३४४ जनामा कोरोना संक्रमण , ५७६८ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार १२ हजार ७४ आरटी पिसिआर र ४ हजार ५ सय ६८ एन्टिजेन परीक्षण गरिएकोमा ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा १ हजार ३ सय १२ जना र भेन्टिलेटरमा ३ सय ७५ जना उपचाररत छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ८१ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार १ सय ७९ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ५ हजार ७ सय ६८ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख १० हजार २ सय ९८ रहेको छ ।नेपालमा निको हुने दर ८५.२ प्रतिशत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार