थप ४४७२ जनामा कोरोना संक्रमण , ६९५१ संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट १२ हजार २ र एन्टिजेन विधिबाट ५ हजार ९ सय १ जनामा परिक्षण गर्दा ४ हजार ४ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९१ हजार ४९४ पुगेका छन् भने एन्टिजेनतर्फ १४ हजार ६६१ जना पुगेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट ९२ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७ हजार ९ सय ९० पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ९ सय ५१ जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ४ लाख ९७ हजार ९ सय ६० रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार