थप ५१५३ जनामा कोरोना संक्रमण , ६५७० संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ८ सय ७० जना र एन्टिजेन विधिबाट १२ सय ८३ गरी ५ हजार १ सय ५३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कुल कोरोना संक्रमित पीसीआरतर्फ कुल संख्या ५ लाख ९५ हजार ३ सय ६४ जना पुगेको छ भने एन्टिजेन विधिबाट हालसम्म १५ हजार ९ सय ४४ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर संक्रिय संक्रमितको संख्या ं८२ हजार ७ सय ३६ रहेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १०८ जनाले ज्यान गुमाएका छन् । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ हजार ९८ पुगेको छ ।यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ७० जनाले कोरोना जितेका छन् । यो संगै कारोना संक्रमणमुक्त हुनेको संख्या ५ लाख ४ हजार ५ सय ३० रहेको छ ।नेपालमा निको हुने दर बढेर ८४.७ प्रतिशत पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार